ad ad

राजनीति


विकासका मुद्दामा राजनीति नगर्न एमाले उपाध्यक्ष पौडेलको आग्रह

विकासका मुद्दामा राजनीति नगर्न एमाले उपाध्यक्ष पौडेलको आग्रह

सुदीप भण्डारी
माघ ५, २०७८ बुधबार १८:४९, काठमाडौँ

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका मुद्दामा राजनीति नगर्न सत्तारुढ दलहरुलाई आग्रह गरेका छन्।

तिनाउ–दानव करिडोरको आयोजना प्रभावित गर्ने गरि सत्तारुढ दलहरुकै अगुवाइमा आन्दोलन भएको उनले बताए।

बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै पौडेलले विकासका कामले कुनै दल विशेषलाई भन्दा पनि सबैलाई फाइदा हुने बुझेर अगाडि बढ्न आग्रह गरेका हुन्।

‘तिनाउ दानव करिडोरमा अर्बौंको बजेट व्यवस्थापन भएको छ, यो सडक मात्रै होइन, यो नदी नियन्त्रणको लागि पनि विशेष योजना हो’ उनले भने ‘यो आयोजनाको सफल कार्यान्वयनले नदीको क्षति रोक्ने छ यसले कसैलाई घाटा बनाउने छैन।’

तिनाउ दानव करिडोरले आफूहरुलाई विस्थापित गर्ने भन्दै स्थानीयले आन्दोलन गर्दै आएका छन्। 

प्रकोपको जोखिमका रुपमा रहेका ज्योतिनगर, लक्ष्मीनगरका बस्ती, तिनाउ र दानव नदीको कटानको उच्च जोखिममा रहेका बस्ती र ठूला परियोजनाले प्रभावित हुने र विस्थापित हुने बस्तीलाई उपयुक्त ठाउँमा स्थानान्तरण गरेर, पीडितको उचित प्रबन्ध गरेर, उनीहरुको सुरिक्षत स्थानमा आवासको प्रबन्ध गरिने नेता पौडेलको भनाइ थियो। 

कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्रदेश सांसद लिला गिरीले आर्थिक विकासको केन्द्र बनेको रुपन्देहीमा बुटवल उपमहानगरका नमूना योजनाले पहिचान थपेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .