राजनीति


चुनावसम्म गठबन्धन रहन्छ तर कांग्रेस एक्लै लड्छ : गगन थापा

चुनावसम्म गठबन्धन रहन्छ तर कांग्रेस एक्लै लड्छ : गगन थापा

नेपालखबर
पुस २१, २०७८ बुधबार १७:२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले आगामी निर्वाचन एक्लै लड्ने बताएका छन्। 

बुधबार होटल बसेरामा नेता शेखर कोइराला पक्षको भेलामा सहभागी महामन्त्री थापाले चुनावसम्म गठबन्धन भने कायमै रहने बताए।

‘चुनावसम्म सरकारको गठबन्धन रहन्छ तर चुनाव कांग्रेस एक्लै लड्छ’ उनले भने, ‘पार्टीले त्यो वातावरण बनाओस्।’

महामन्त्री थापाले कांग्रेसभित्र टिममा अवसर दिँदा सही व्यक्ति सही ठाउँमा दिन आग्रह गरे।

उनले आफ्नो समूहको शक्ति कांग्रेस केन्द्रीय समिति भन्दा बाहिर रहेको दाबी पनि गरे। 

उनले भने, ‘हाम्रो मुख्य शक्ति समिति बाहिर छ। जिल्ला, पालिका र क्षेत्रमा हाम्रो समूहको शक्ति छ। ४० प्रतिशत मत ल्याएको शक्तिलाई बेवास्ता गरेर पार्टी चल्न सक्दैन। 
उनले सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने तर बेवास्ता गरिए सैह्य नहुने बताए।

उनले अप्ठ्यारो अवस्थामा भएको अधिवेशनमा नैतिक रुपमा जित भएको पनि बताए। समूह निरन्तर चलिरहने भएपनि सभापतिले समूह बनाउन नहुने उनकाे जिकिर थियाे।

‘समूह निरन्तर चलिरहन्छ र छलफल हुन्छ तर सभापतिको समूह हुनु हुँदैन’ उनले भने।

उनले महाधिवेशनमा नेताहरुलाई मिलाउने प्रयास गरेपनि सफल हुन नसकेकाे बताए। 

‘रामचन्द्र दाइसहित मिलाएर जान प्रयत्न गर्यौँ।आफू उम्मेदवार नबनेर पनि सहमति जुटाउने प्रयास गर्‍यौँ। मनोनयन गर्ने दिनसम्म सहमतिको प्रयास गर्दा समय गुज्रियो। तयारी गर्ने समय पुगेन’ उनले भने, ‘हाम्रो प्रयासको नेताहरूले जुन सम्मान गर्नुपर्थ्यो त्यो भएन। हामी भाग होइन न्याय चाहान्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .