राजनीति


रूपज्योतिलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

रूपज्योतिलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार १०:५७,

ठगीको आरोप लागेका व्यवसायी तथा राजनीतिज्ञ रुप ज्योतिलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले रूपज्योतिलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। यसअघि शुक्रबार तीन दिनको म्याद दिएकोमा उक्त म्याद सकिएपछि फेरि म्याद थप्न प्रहरीले आज अदालत लगेको थियो।

बिहीबार सिंगापुरबाट नेपाल फर्कँदै गर्दा ज्योती एयरपोर्टमा पक्राउ परेका थिए। उनीसँगै छोरी सुरुची पनि पक्राउ परेकी थिइन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार रुप ज्योति अध्यक्ष रहेको ल्यान्डमार्क हाउजिङ कम्पनीले बिकेन्द्रकृष्ण मल्ललाई २ करोड १४ लाख ७५० रुपैयाँमा महाराजगञ्ज क्षेत्रमा तयारी घरदिने भनेर सम्झौता गरेका थिए। यसबापत कम्पनीले मल्लसँग १ करोड ३६ लाख रुपैयाँ बुझेको थियो। तर, मल्ललाई घर पनि नदिने र लिएको रकम पनि फिर्ता नगरेपछि उनी ठगी मुद्दाको जाहेरी लिएर गत वर्ष मंसिरमा परिसर पुगेका थिए।

परिसरले ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट रुप ज्योतिलाई पक्राउ गर्न २०७५ मंसिर २० मा अनुमति लिएको थियो। रुप ज्योति त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए। सर्वोच्चबाट निषेधाज्ञा लिएका रुप ज्योतिको आदेश मंगलबार उल्टिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad