ad ad

राजनीति


यी हुन् गण्डकीबाट ७४ माओवादी महाधिवेशन प्रतिनिधि,  पदाधिकारीमा ३ नेताको पक्कापक्की

यी हुन् गण्डकीबाट ७४  माओवादी महाधिवेशन प्रतिनिधि,  पदाधिकारीमा ३ नेताको पक्कापक्की

वाशुदेव मिश्र
पुस १०, २०७८ शनिबार १९:२९, काठमाडौँ

नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु हुँदैछ। राष्ट्रिय सम्मेलनले माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्नेछ। सम्मेलनमा भाग लिन गण्डकीबाट ७४ जना प्रतिनिधि काठमाडौं पुगेका छन्। 

नारायणकाजी श्रेष्ठ, देव गुरुङ र देवेन्द्र पौडेल यो अधिवेशनमा पदाधिकारीका आकांक्षी हुन् भने हितराज पाण्डेलगायतका नेताहरुले पनि पदाधिकारीमा आँखा लगाएका छन्।

यसअघि केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटीमा रहेकाहरु स्वभाविक रुपले माथिल्लो पद वा नभए त्यही पदका आंकाक्षी हुँदा कास्कीबाट राजकाजी गुरुङ, दीपक कोइराला, हरि अधिकारी, सुमन देवकोटा, रामजी बरालहरुले पनि केन्द्रीय कमिटी सदस्यमा आकांक्षा देखाएका छन्।

तनहुँकी आशा खनाल, यसोदा सुवेदी, चन्द्रबहादुर बुढा, गुणाखर बस्याल, दुर्गा विकहरुका आँखा पनि केन्द्रीय कमिटीमै छ। 

‘कास्कीका सबैजसो चर्चित नेताहरु केन्द्रीय सदस्यका आकांक्षी हुन्’,माओवादीका एक जिल्ला नेताले भने, ‘प्रदेश र जिल्ला छाडेका नेताहरुले हेर्ने केन्द्र नै हो तर अध्यक्ष प्रचण्डको नजरमा को–को पर्छन् भन्ने अवस्था छैन।’ 

उनका अनुसार हितराज पाण्डे स्थायी कमिटीमा र गण्डकीका अन्य केही शीर्ष नेताहरु पोलिटब्यूरोमा पर्न सक्छन्।  

मुस्ताङबाट जैकला विक र धिरेन्द्रबहादुर विक, म्याग्दीबाट टेकबहादुर विक, विनोद केसी, रेशमबहादुर जुग्जाली र ज्योति लामिछाने प्रतिनिधि बनेका छन्।

बागलुङबाट गण्डकी प्रदेशका भूमि व्यवस्थामन्त्री चन्द्रबहादुर बुढासहित दिलमाया रोका, ज्ञामनाथ गैरे, फमलाल निउरे, काकुमारी विक, राजिव घिमिरे, प्रकाश घर्ती मगर र प्रेम घर्ती, कुसुम बुढा पुन मगर प्रतिनिधि रहेका छन् भने पर्वतबाट सुदीप कुँवर, मनरुपा सुवेदी, गगन थापा, गुणाखर बस्याल, बाबुराम कार्की, गोविन्दबहादुर नेपाली प्रतिनिधि रहेका छन्। 

कास्कीबाट प्रदेशका अर्थमन्त्री रामजी बराल, बखानसिंह गुरुङ, तेजकुमारी पौडेल, सुमन देवकोटा, गंगा पोखरेल, दुर्गा विक, सोमती गुरुङ, जगमाया सुनार, रुद्रप्रसाद गौतम, गायत्री गुरुङ, आशमान रोका प्रतिनिधि हुँदा स्याङ्जाबाट कल्पना अर्याल, खिमकुमार विश्वकर्मा र दीपक थापा मगर प्रतिनिधि रहेका छन्। 

नवलपुरबाट मित्रशरण शर्मा तिवारी, शुष्मा खनाल, धनप्रसाद सापकोटा, बालकृष्ण रानाभाट, ईश्वरी महतो र दमयन्ती रुचाल, तनहुँबाट राजेन्द्रकेशरी न्यौपाने, हेमराज लामिछाने, अतिन्द्रकेशरी लामिछाने, ओमराज आले, गीता शाही, खुमबहादुर विक र ओमकुमारी पौडेल प्रतिनिधि रहेका छन्। 

यसैगरी गोरखाबाट खोपबहादुर कँडेल, कमला नहर्की, लेखबहादुर थापा मगर, जगन्नाथ खनाल, लोकप्रसाद बञ्जरा, दीपक देवकोटा, दीपक तिमिल्सिना, छमबहादुर गुरुङ, भगवती तिवारी, धना गुरुङ पम्फा बसेल, पुष्पकुमारी कँडेल, डिलबहादुर सेन्चुरी, भुवन सुनार, अंकुर तिमिल्सिना, कञ्चन कुमाल र निमा लामा प्रतिनिधि रहेका छन्। 

लमजुङबाट बुद्धिराम गुरुङ, मधु अधिकारी गुरुङ, सरोज शर्मा, सुनिल सुनार, सतिकुमारी तामाङ र महम्मद जलादिन मियाँ तथा मनाङबाट लक्ष्मीकुमारी लामा र वेदबहादुर गुरुङ प्रतिनिधि चयन भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .