ad ad

राजनीति


भारतसँग सीमा विवाद : आज बालुवाटारमा सर्वपक्षीय बैठक

भारतसँग सीमा विवाद : आज बालुवाटारमा सर्वपक्षीय बैठक

नेपालखबर
कात्तिक २३, २०७६ शनिबार २:११,

भारतसँग देखिएको सीमा विवादको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) सर्वपक्षीय बैठक बोलाएका छन्।

भारतले एक पक्षीय रुपमा तयार गरेको नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र आफ्नो भूगोलमा समेटेपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्।

दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने बैठकमा पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेता, सीमाविद्, विज्ञ लगायतलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिए।

‘भारतीय नक्सापछि उत्पन्न विवादबारे छलफल गर्न प्रधानमन्त्रीज्युले सर्वपक्षीय बैठक बोलाउनु भएको हो’, नेपालखबरसँग कुरा गर्दै अर्यालले भने, ‘छलफलमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, र प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ।’

नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुराको केही भूभाग भारतले आफ्नोतर्फ पारेको छ।

सुगौली सन्धिअनुसार काली (महाकाली) नदी सीमा हो। भारतीय पक्षले पनि कालीलाई नै सीमा नदी मान्छ। तर, उले अर्कै खोलालाई काली नदीको रुपमा खडा गरेको छ।

भारतले ३० किलोमिटर पूर्व कृत्रिम नदी खडा गरेर त्यसलाई ‘काली’ नदी भन्दै आएको छ।

भारतको यो कदमको सर्वत्र विरोध हुँदै आएको छ। यसअघि परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै कालापानी क्षेत्र आफ्नो भएको दावी गरेको थियो।

प्रधानमन्त्री भारतको कदमप्रति मौन रहेको भन्दै आलोचना भइरहेका बेला उनले सर्वपक्षीय बैठक बोलाएका हुन्।

१७ कात्तिकमा भारतले सार्वजनिक गरेको नयाँ नक्सामा ठूलो मात्रामा नेपाली क्षेत्रलाई समेटिएको छ।

नेपालले परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ’ भनेको छ।

प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार नेपालस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गरी भारतीय कदमको विरोध गरेका छन्।

तर, २१ कात्तिकमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नक्सामा भारतको सार्वभौम भूमि नै रहेको उल्लेख गर्दै नक्सामा कुनै सीमा परिवर्तन नगरिएको दाबी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .