राजनीति


एमालेको लुम्बिनी प्रदेश अधिवेशन माघ ८ गते

एमालेको लुम्बिनी प्रदेश अधिवेशन माघ ८ गते

सुदीप भण्डारी
पुस ६, २०७८ मंगलबार १०:२७, लुम्बिनी

नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशन आगामी माघ ८ गते नेपालगन्जमा हुने भएको छ। 

सोमबार दाङको बाह्रकुनेमा सम्पन्न एमाले  प्रदेश संगठन कमिटीको बैठकले प्रदेश अधिवेशनको मिति (माघ ८) र स्थान (नेपालगन्ज) तय गरेको हो। 

अधिवेशनका लागि एमाले लुम्बिनी कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा १ हजार १ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ। विभिन्न उपसमिति पनि बनाइएको छ। 

अधिवेशनका लागि प्रदेश निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चुनिने छन्। जसअनुसार प्रदेश निर्वाचन क्षेत्रबाट २ सय जना संगठित सदस्य बराबर १ प्रतिनिधि चुनिने कमिटीका उपाध्यक्ष श्रेष्ठले जानकारी दिए। 

‘त्यसरी चुनिँदा एकतिहाइ महिला अनिवार्य गर्नुपर्ने विधानमा व्यवस्था छ। समावेशितालाई पूर्ण ध्यान दिनुपर्ने छ’, उनले भने, ‘अधिवेशनबाट २ सय ५ सदस्यीय प्रदेश कमिटि चयन हुनेछ। 

त्यसअघि पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय एमालेले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .