राजनीति


लुम्बिनी: कांग्रेस केन्द्रीय सदस्यमा हारे गिरिजाका स्वकीय सचिवदेखि संसदीय दलका नेतासम्म

लुम्बिनी: कांग्रेस केन्द्रीय सदस्यमा हारे गिरिजाका स्वकीय सचिवदेखि संसदीय दलका नेतासम्म

फाइल तस्बिर : कांग्रेस केन्द्रीय सदस्यमा पराजित पूर्व राज्यमन्त्री सुरेन्द्र हमाल (बायाँ) र प्रदेश संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडिया।


सुदीप भण्डारी
पुस ५, २०७८ सोमबार ११:३१, लुम्बिनी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले पार्टीको १४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको चुनाव हारेका छन्।  ं 

कांग्रेसको केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उठेका उनी तोकिएको संख्या ३५ भित्र पर्न असफल भएका हुन्। कनौडियाले १५१९ मत ल्याएका थिए। 

त्यस्तै रोल्पाका नेता पूर्व राज्यमन्त्री सुरेन्द्र हमाल* पनि कांग्रेस केन्द्रीय सदस्यमा हारे। उनले १२०३ मत मात्र ल्याए।

लामो समय गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव रहेका रूपन्देहीका गोकर्ण पौडेल पनि केन्द्रीय सदस्यमा हारेका छन्। पाल्पाका हरि नेपाल पनि कांग्रेसको केन्द्रीय सदस्य पदमा दोहोरिन सकेनन्। गुल्मीका पूर्वसांसद त्रैलोक्यप्रताप सेनले पनि पार्टी चुनाव हारे।  

रूपन्देही नै घर भएका गृहमन्त्री बालकृष्ण खाँण भने खुला केन्द्रीय सदस्यतर्फ तेस्रो बढी मतसहित पुनः कांग्रेसको केन्द्रीय कार्यसमितिमा पुगेका छन्। उनी ५६ सालयता निरन्तर केन्द्रीय सदस्य छन्। 

दाङका दीपक गिरी पनि कांग्रेसको केन्द्रीय सदस्यमा दोहोरिएका छन्।

बर्दियामा वामदेव गौतमलाई हराएर चर्चामा आएका सञ्जयकुमार गौतम, योजना आयोगका पूर्वउपाध्यक्ष प्युठानका डा. गोविन्दराज पोखरेल पहिलोपटक केन्द्रीय सदस्य बनेका छन्।

लुम्बिनी प्रदेशअन्तर्गतकै दाङ जिल्लाका कृष्णकिशोर घिमिरे पनि १७०७ मतका साथ ३५औं नम्बरमा रहेर कांग्रेस केन्द्रीय सदस्य बन्न सफल भएका छन्।

*रोल्पाका सुरेन्द्र हमाल र उनको तस्बिर हुनुपर्नेमा यसअघि भूलवश अन्यथा पर्न गएकाले दुवै सच्याइएको छ। –सम्पादक। 

यो पनिकांग्रेसको १४औं महाधिवेशनमा सबैभन्दा बढी भोट : शशांक पहिलो, गगन दोस्रो, देउवा तेस्रो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .