ad ad

राजनीति


कांग्रेसको १४औं महाधिवेशनमा सबैभन्दा बढी भोट : शशांक पहिलो, गगन दोस्रो, देउवा तेस्रो

कांग्रेसको १४औं महाधिवेशनमा सबैभन्दा बढी भोट : शशांक पहिलो, गगन दोस्रो, देउवा  तेस्रो

डा. शशांक कोइराला


नेपालखबर
पुस ५, २०७८ सोमबार ५:३७, काठमाडौँ

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सबैभन्दा बढी मत डा. शशांक कोइरालाले पाएका छन्।

यसघि कांग्रेसमा महामन्त्री रहेका कोइराला यसपटक सर्वाधिक ३८३६ मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका हुन्। बीपी कोइरालाका कान्छा छोरा शशांकले जति मत १४औं महाधिवशेनमा अरू कसैले ल्याउन सकेनन्। 

उनीपछि दोस्रोमा सबैभन्दा बढी मत गगन थापाले ल्याएका छन्। महामन्त्री पदमा निर्वाचित उनले ३०२३ मत प्राप्त गरेका हुन्। 

गगन थापा

यसपपछि तेस्रोमा सबैभन्दा बढी मत प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पाएका छन्।

अघिल्लो सोमबार भएको पहिलो चुनावमा सभापतिका पाँच उम्मेदवार (देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ) कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मंगलबार भएको मतदानमा २७३३ मतका साथ देउवा सभापतिमा विजयी भएका हुन्।  यो मत १४औं महाधिवेशनमा तेस्रो सर्वाधिक मत हो।

शेरबहादुर देउवा

उपसभापतितर्फ सबैभन्दा बढी २१२१ मत पूर्णबहादुर खड्काले पाए भने आठ जना सहमहामन्त्रीमा सबैभन्दा बढी २७७६ मत फरमुल्लाह मन्सुरले पाएका छन्। 

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पार्टीको केन्द्रीय कार्यसमितिमा रहने १३४ पदका लागि गत सोमबार चुनाव भएको थियो। तर कांग्रेसको विधानअनुसार सभापति पदका पाँच उम्मेदवार कसैले ५१ प्रतिशत कटाउन नसकेपछि सभापति पदका लागि भने पुनः भोलिपल्ट मंगलबार निर्वाचन गरिएको थियो, जसबाट प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि पनि कांग्रेसको सभापति बनेका छन्। 

कांग्रेस केन्द्रीय नेतृत्व चयनका लागि काठमाडौंस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान गरिएको थियो। मतगणना भने सभापतिको मतगणना राष्ट्रिय सभागृहमै र बाँकी पदको गणना कांग्रेस केन्द्रीय कार्यालय (सानेपा) मा भइरहेको छ।

हिजाे आइतरबारसम्म सभापतिदेखि सहमहामन्त्रीसम्म १३ पदाधिकारी, खुला केन्द्रीय सदस्य (३५), प्रदेश २ बाट ३ केन्द्रीय सदस्य र पिछडिएको क्षेत्रबाट एक जना केन्द्रीय सदस्य निर्वाचनबाट निश्चित भइसकेको छ। अहिले खुला महिला केन्द्रीय सदस्यतर्फ मतगणना जारी छ। ​कांग्रेसको विधानअनुसार खुला महिला केन्द्रीय सदस्यमा ९ जना चुनिनेछन्। 

याे पनि : ​फेरियो कांग्रेस, निर्वाचित १३ पदाधिकारीमा देउवा र खड्काबाहेक सबै नयाँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .