ad ad

राजनीति


ओलीले पनि गराए अध्यक्षमा उम्मेदवारी दर्ता, भीम रावलसँग हुने भयो भिडन्त

ओलीले पनि गराए अध्यक्षमा उम्मेदवारी दर्ता, भीम रावलसँग हुने भयो भिडन्त

नेपालखबर
मंसिर १३, २०७८ सोमबार १०:३, काठमाडौँ

चितवनको सौराहामा जारी नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबार सुरु चुनावी प्रक्रियामा सहभागी हुँदै साविक अध्यक्ष केपी शर्मा ओलीले पनि आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। 

ओलीको उम्मेदवारीमा प्रस्तावक विष्णु पौडेल पौडेल र समर्थकमा शंकर पोखरेल छन्। 

यसअघि साविक उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि उम्मेदवारी दिइसकेका छन्। रावलको उम्मेदवारीमा प्रस्तावक महादेव बजगाईं र समर्थक दूधकला विष्ट छन्। 

सर्वसम्मतीबाट नेतृत्व चयनका लागि आइतबार मध्यराति ओलीले १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको सूची बन्द सत्रमा पेस गरे पनि भीम रावल, घनश्याम भुसाललगायत नेताले निर्वाचन नै गर्नुपर्ने अडान लिएपछि एमाले महाधिवेशन अन्ततः चुनावी प्रक्रियामा जान बाध्य भएको हो। 

एमाले नयाँ नेतृत्व चयन गर्न चुनावी प्रक्रिया सुरु, अध्यक्षदेखि सचिवसम्म धमाधम उम्मेदवारी दर्ता

उम्मेदवारी दर्तापछि भीम रावलले भने: अध्यक्षमा विजयी भएँ भने आगामी चुनावमा एमालेलाई बहुमत दिलाउँछु

नवौं महाधिवेशनमा जितेका ३ नेता पदाधिकारीबाट ‘आउट’, सचिवमै हारेका विष्णु रिमाल उपमहासचिव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .