ad ad

राजनीति


गृहजिल्लामै चिप्लिए रामचन्द्र, सभापतिमा संस्थापन पक्षीय आले विजयी

गृहजिल्लामै चिप्लिए रामचन्द्र, सभापतिमा संस्थापन पक्षीय आले विजयी

वाशुदेव मिश्र
मंसिर १२, २०७८ आइतबार २१:५२, काठमाडौँ

तनहुँ कांग्रेसको सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन्।

सभापति शेरबहादुर देउवापक्षीय आलेले प्रतिष्पर्धी बैकुण्ठ न्यौपानेलाई  १४८ मतले पराजित गरेका हुन्। आलेले ९५१ र न्यौपानेले ७८३ मत पाए।

 गृहजिल्लामा आलेको जितसँगै सभापतिको दौडमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई ठूलो धक्का लागेको छ।

जिल्लामा उनी इतर रहेका केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई र ध्रुव वाग्लेले आलेलाई सघाएका थिए। 

आले सभापति रहेको कार्यसमितिका पदाधिकारीमा पनि संस्थापन पक्ष नै हावी भएको छ।

उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी बन्दा सचिवमा भने लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी विजयी बनेका छन्।

सहसचिवमा मिलन आले र परमेश्वर भट्टराईले बाजी मारे। तीमध्ये मिलनमात्रै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन्।

१ हजार ७८५ मतदाताले मतदानमा भाग लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .