नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा नेता रमेश लेखक निकट पदम बोगटी निर्वाचित भएका छन्।
पछिल्लो मत परिणाम अनुसार १५ सय मत गणना हुँदा उनले ७६८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेता एनपी साउद निकट बहादुर सिंह थापाले ६ सय ८४ मत प्राप्त गरेका छन्। उनीहरुबीच ८४ मतको अन्तर छ।
१६१८ मतदाता रहेकोमा शनिवार सम्पन्न मतदानमा १५७१ मत खसेको थियो। तीमध्ये १५ सय मत गणना भएका छन्। अब ७१ मत मात्रै गन्न बाँकी छ। अन्तिम मतपरिणाम आएको छैन।
कांग्रेस संस्थापन निकट नेता लेखक र साउद गृहजिल्ला कञ्चनपुरमा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए।
303
Shares
प्रतिक्रिया