राजनीति


ईश्वर र सुवासले छाडेनन् अडान, शेरधन भन्छन् : साँझसम्म टुंगिएर मध्यराति घोषणा हुन्छ

ईश्वर र सुवासले छाडेनन् अडान, शेरधन भन्छन् : साँझसम्म टुंगिएर मध्यराति घोषणा हुन्छ

फाइल तस्बिर


कृष्ण बहाब
मंसिर १२, २०७८ आइतबार १३:५२, चितवन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षका दाबेदार ईश्वर पोखरेल र सुवास नेम्वाङसँग आइतवार पनि छलफल गरेका छन्। 

आइतवार मध्यान्ह ओलीले पहिले पोखरेल र त्यसपछि नेम्वाङसँग छलफल गरेका हुन्। 

वरिष्ठ उपाध्यक्षमा एक्लै रेसमा रहेको दाबी गरिरहेका पोखरेललाई नेम्वाङको चुनौतीले तनाव भएको छ। 

यस्तोमा ओलीले नेम्वाङलाई ब्याक गराउन राष्ट्रपतिसम्मको अफर गरेका छन्। तर नेम्वाङले आफू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन्। 

त्यहीकारण नेम्वाङलाई सम्झाउन ओलीले अर्का नेता शेरधन राईसहितलाई लगाइरहेका छन्। 

शेरधनहरुले सम्झाउँदा पनि नेम्वाङले आफ्नो दाबीबाट पछि नहट्ने अडान कायमै राखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .