राजनीति


भारतको नयाँ नक्साप्रति राप्रपाको आपत्ति, सरकारको ध्यानाकर्षण गरायो

भारतको नयाँ नक्साप्रति राप्रपाको आपत्ति, सरकारको ध्यानाकर्षण गरायो

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार ८:२५,

राष्ट्रिय प्रजातन्त्र पार्टीले भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतमा समेटिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘उक्त भूभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले विगतदेखि नै निरन्तर विरोध गर्दै आएको छ’, पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूभाग भारतीय नक्सामा समेटिनु आपत्तिजनक र अस्वीकार्य छ।’

राप्रपाले आफ्नो भूभागको रक्षा गर्न र राष्ट्रियताजस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ। राप्रपाले भारतीय कार्यको कूटनैतिक ढंगबाट तत्काल सशक्त प्रतिवाद गर्न सरकारलाई आग्रह समेत गरेको छ।

rpp naksa birodh

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad