कारोबार


खाद्यान्न व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण: योजना आयोग

खाद्यान्न व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण: योजना आयोग

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार ८:१०,

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

उपाध्यक्ष कँडेलले खाद्यान्न उत्पादनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्रले पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरेका हुन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालजस्तो विकासोन्मुख देशहरुले खाद्यन्न प्रणालीमा सुधार गरेर पनि पोषणमुक्त खाद्यान्नको व्यवस्थापन गर्न सक्ने पनि स्पष्ट पारे। त्यसका लागि जनतामा चेतना जागृत गराउन लाग्नुपर्नेमा पनि उनको जोड छ।

उपाध्यक्ष कँडेलले निजी क्षेत्रले पोषणयुक्त खाद्यान्न व्यवस्थापनका लागि सामाजिक उत्तरदायित्वअन्तर्गतको कोष परिचालन गर्न सक्ने पनि स्मरण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad