राजनीति


उपनिर्वाचनमा नेकपाको जित सुनिश्चित: प्रचण्ड

उपनिर्वाचनमा नेकपाको जित सुनिश्चित: प्रचण्ड

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार ७:२५,

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मङ्सिर महिनामा हुने उपनिर्वाचनमा नेकपाका जित सुनिश्चित भएको भएको दाबी गरेका छन्।

‘उपनिर्वाचनको तयारी भएको छ, हामीले सर्वसम्मतरूपमा उम्मेदवार टुङ्गो लगाइसकेका छौँ,’ नेपालगञ्जको राँझा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डलेभने, ‘उम्मेदवारलाई जिताउन पार्टी र जनसङ्गठनका सबै तह र तप्का खटिएका छन्, हाम्रो जित सुनिश्चित छ।’

प्रदेश प्रमुखहरुको नियुक्तिमा माधव नेपालको मान्छे नपरेकाले असन्तुष्टि व्यक्त गरेको बताए। नेता नेपालको असन्तुष्टि सामान्य कुरा भएको उनको भनाइ थियो । ‘माधवजीले एक–दुई जनाको नाम पक्कै पनि प्रस्ताव गर्नुभएको थियो । जोड दिनुभएको थियो । तर बैठकले निर्णय गरेन,’ उनले भने, ‘त्यसैले उहाँले नोट अफ डिसेन्ट लेख्नुभयो । त्यो सामान्य हो ।’

उनले हालै सरकारले गरेको प्रदेश प्रमुख परिवर्तन स्वाभाविक प्रक्रिया भएको पनि जिकिर गरे।

‘प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि भएकाले सरकार परिवर्तन हुनासाथ फेर्ने प्रचलन सामान्य हो, सरकारले दुई वर्षपछि मात्र यो परिवर्तन गरेको छ,’ उनले भने, ‘यसलाई ठूलो ठान्नुपर्ने र के के न भयो भन्नुपर्ने केही छैन।’

नेकपा बाँके जिल्ला शाखाले आयोजना गरेको तिहार, छठ, मोहर्रमलगायत पर्वको शुभकामना आदानप्रदानलगायत विभिन्न  कार्यक्रममा सहभागी हुन उनी नेपालगञ्ज आएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad