उत्तरी सिरियाको अजाज नगर नजिकैबाट अल–बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई सोमबार पक्राउ गरेको टर्कीका अधिकारीहरूले बताएका छन्। त्यस नगर हाल टर्कीको नियन्त्रणमा रहेको सिरियाको अलेप्पो प्रान्तमा पर्छ।
अमेरिकाको विशेष सेनाले हालै अक्टोबर २६ तारिखमा उत्तरी सिरियामा गरेको कारबाहीमा अल–बग्दादी मारिएका थिए। अजाज नगरमा अवाद आफ्ना पति र परिवारका अन्य सदस्यसहित बस्दै आएको बीबीसीले जनाएको छ।
बग्दादीकी दिदी अवादलाई पक्राउ गरेपछि टर्कीले बग्दादीबारे धेरै सूचना प्राप्त गर्नसक्ने अनुमान गरेको छ। टर्कीका अधिकारीहरुले अवादलाई ‘सूचनाको खानी’ भन्दै उनीबाट आइएसबारे धेरै सूचना पाउन सकिने बताएका छन्।
पश्चिमा विज्ञहरूले टर्कीको दाबीबारे सन्देह व्यक्त गरेका छन् यद्यपी अवादसँग अल–बग्दादीको जीवन र आईएसको संरचनाबारे आन्तरिक जानकारी हुन सक्ने बताएका छन्।

प्रतिक्रिया