बम विस्फोट र हत्याका अभियुक्त सांसद अफताव आलमको मुद्दाको थुनछेक बहसका लागि उनकाे बयान रौतहट जिल्ला अदालतमा सुरु भएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा बयान भइरहेको छ।
जिल्ला सरकारी वकिल कार्यालयले आलमसहित १० जनालाई मुख्य अभियुक्त र एक जनालाई मतियार बनाएर जिल्ला अदालतमा सोमबार अभियोगपत्र दर्ता गरेको थियो । सोमबार जिल्ला सरकारी वकिल कार्यालयले तीन अभियोगमा हदैसम्मको सजाय मागदाबी गर्दै मुद्दा दर्ता गरेको हो।
उनीहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटन मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलले उनीहरुलाई हदैसम्मको सजाय माग गरेका छन् ।
सोमबार नै प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
मोहम्मद अफताव आलमसहित मोहम्मद महताब आलम, मोहम्मद मोविन आलम, शेख भदई, शेख सेराज, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी, मुक्ति साह, शेख फजलेह र सगिर आलमलाई मुख्य अभियुक्त कायम गरिएको छ।

प्रतिक्रिया