समाज


भरुवा बन्दुक पड्किँदा एकको मृत्यु

भरुवा बन्दुक पड्किँदा एकको मृत्यु

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार ७:११,

मोलुङ गाउँपालिका ३ थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा चोट लागेर सोही गाउँपालिका बस्ने १७ वर्षीय लालमान तामाङको आइतबार मृत्यु भएको छ ।

बन्दुक पड्किँदा गम्भीर घाइते भएका उनलाई उपचारार्थ काठमाडौं लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङगा र इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट संयुक्त रुपमा खटिएको प्रहरीले बाँदर लखेट्ने समूहमध्ये मोलुङ गाउँपालिका ३ बस्ने २१ वर्षीय चित्रबहादुर सुनुवारलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको छ ।

उक्त जंगलबाट भरुवा बन्दुक २ थान समेत प्रहरीले बरामद गरेको छ ।

उक्त समूहका फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad