राजनीति


'माधव नेपालको पार्टी नै होइन, बोलाउँदैनौँ, म चितवनबाट हिँड्दा पनि प्रचण्ड तर्सिँदा रहेछन्'

'माधव नेपालको पार्टी नै होइन, बोलाउँदैनौँ, म चितवनबाट हिँड्दा पनि प्रचण्ड तर्सिँदा रहेछन्'

अन्तरक्रियाका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १६:३६, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पार्टीको मान्यता दिन नसकिने बताएका छन्। 
चितवनमा हुन लागेको दशौँ महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार काठमाडौंमा सम्पदाकहरुसँग आयोजित अन्तरक्रियाका क्रममा अध्यक्ष ओलीले नेपाल नेतृत्वको समूहले पार्टीको हैसियत पाउन नसक्ने बताए। 

‘आफ्नो सरकार ढालेर विपक्षीको सरकार बनाउने काममा लागेका थिए माधव नेपलाहरु। उनीहरु चोइटिएर जाँदा राम्रो भयो’, ओलीले अगाडि भने, 'एमाले फुटाउन दलसम्बन्धी कानुनको थ्रेस होल्ड २० प्रतिशतमा झारियो। उनीहरुले निकै अघिदेखि पार्टी फुटाउने चेस्टा गरेका थिए। माधव नेपालसहितलाई पार्टी मान्न सकिन्न। उनीहरू पार्टी नै होइनन्, त्यही भएर हामीले महाधिवेशनमा नबोलाउने निर्णय लिएका हौँ।’

उनले माधव नेपलाहरुले छाडेर गए पनि एमालेका मतदाता नघटेका तर्क गरे।  छैनन्। ‘केही मानिसले छाड्दा पनि जिल्ला जिल्लामा ९ सयदेखि ४५ सयसम्मा मानिस प्रवेश गरेका छन्’, उनले भने, ‘नेपालगन्जमा ४५ सय, धनकुटामा ९ सय र झापामा १५ सय प्रवेश गरे। एमाले सुदृढ र व्यापक छ, जनता एमालेको साथ छ भन्ने सन्देश दिँदैछ।’

ओलीले अबको चुनावबाट एमाले नै बहुमतसहित सरकारमा आउने पनि जिकिर गरेका छन्। 

अध्यक्ष ओलीले चितवनमा महाधिवेशन गर्दैमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आत्तिनुको कुनै अर्थ नरहेको बताए। 

‘रोल्पामा गरौँ, प्रचण्ड अलिक अगाडि लडेका थिए, सिरहामा गरौँ त्यहाँ पनि लडेका थिए। काठमाडौंमा पनि लडेकै हुन्,’ ओलीले भने, ‘प्रचण्डले झापा आएर महाधिवेशन गरे हुन्छ। मेरै क्षेत्रको दमकमा आएर महाधिवेशन गर्दा मलाई फरक पर्दैन।’ 

उनले आफू चितवनको बाटो हिँड्दा पनि प्रचण्ड तर्सिने गरेको पनि बताए। ‘म चितवनबाट हिँडे भने पनि मलाई सिद्याउन आयो भन्छन् प्रचण्डले,’ उनले भने, ‘सिपी मैनालीले महाधिवेशन सकेपछि केही मानिसहरुले यहीँ आएर महाधिवेशन गर्नुपर्छ भनेछन्। सायद मलाई होइन, सीपी मैनालीलाई नै भनेको होला। प्रचण्डले दमकमा मेरै निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गरे हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad