खेल


मोहम्मद हुसैनको घातक बलिङमा लुम्बिनी प्रदेशको विजयी सुरुवात

मोहम्मद हुसैनको घातक बलिङमा लुम्बिनी प्रदेशको विजयी सुरुवात

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १६:३१, काठमाडौँ

तीव्र गतिका बलर मोहम्मद हुसैनको घातक बलिङमा यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सानदार विजयी सुरुवात गरेको छ। 

मंगलबार मूलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुखद सुरुवात गरेको हो। 

गण्डकीले दिएको २४ रनको लक्ष्य लुम्बिनीले ५.५ ओभरमा १ विकेट खर्चेर भेट्टायो।  लुम्बिनीका कप्तान देव खनालले २० बलमा ४ चौका सहित सर्वाधिक १८ रन बनाए।  विराट भण्डारी ८ रनमा अविजित रहे। 

त्यसअघि पहिले टस जितेर ब्याटिङ गरेको गण्डकी प्रदेश १४.२ ओभरमा २३ रनमा अल आउट भयो। 

गण्डकीका ७ खेलाडीले खाता खोल्न सकेनन्। गण्डकीका अर्जुन कुमालले १७ बलमा १ चौका सहित सर्वाधिक ६ रन जोडे। विष्णु पाण्डे ५ र सचिनराज अधिकारीले २ रन बनाए। 
 

गण्डकीलाई कम स्कोरमा रोक्न तीव्र गतिका बलर मोहम्मद हुसैनले ७ ओभरमा १ मेडन सहित १४ रन खर्चेर ७ विकेट लिए।

लुम्बिनीले आफ्नो दोस्रो खेलमा बुधबार कर्णालीसँग त्रिवि क्रिकेट मैदानमा खेल्नेछ। गण्डकी प्रदेशले भने बुधबार मूलपानीमा बागमती प्रदेशसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad