राजनीति


कञ्चनपुरमा सभापति, उपसभापति र सचिव महाधिवेशन प्रतिनिधिमा पराजित

कञ्चनपुरमा सभापति, उपसभापति र सचिव महाधिवेशन प्रतिनिधिमा पराजित

सभापति हरिप्रसाद बोहरा (दायाँ)र सचिव ईश्वरीप्रसाद जोशी


नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १६:१२, काठमाडौँ

नेपाली कांग्रेस कञ्चनपुरका तीन पदाधिकारी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। 

मंगलबार सम्पन्न प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन अन्तर्गत सभापति हरिप्रसाद बोहरा, उपसभापति बन्धु राना र सचिव ईश्वरीप्रसाद जोशी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। 

सभापति बोहरा कञ्चनपुर–२, उपसभापति राना कञ्चनपुर–१ र सचिव जोशी कञ्चनपुर–३ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। 

उनीहरु तीनै जना केन्द्रीय सदस्य रमेश लेखकको प्यानलबाट चुनावी प्रतिष्पर्धामा होमिएका थिए। 

लेखक निकटको प्यानल बनाउन महत्वपूर्ण भूमिकामा रहेका जोशी जिल्ला सचिवमा मनोनित हुनुअघि उनका स्वकीय सचिव थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad