चलचित्र निर्माता तथा अभिनेता रोज राणा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। उनी प्युठानबाट कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
चलचित्र निर्माता संघका महासचिवसमेत रहेका राणा प्युठानका क्षेत्रीय सभापतिसमेत हुन्। कांग्रेस सभापति शेरबहादुर देउवानिकट राणा महासमिति सदस्यसमेत चयन भएका छन्।
उनले प्युठानमा जिल्ला सभापति बाहेकका पदमा सर्वसम्मति गरिएको जानकारी दिए। राणाकाअनुसार प्युठानमा २६ महाधिवेशन प्रतिनिधिमा संस्थापन र संस्थापन इतर समूहले आधा–आधा बाँडेको छ।
महासमिति सदस्यमा पनि दुवै समूहबीच सहमतिमा टुंगो लगाइएको उनले बताए। राणाकाअनुसार जिल्ला सभापतिमा शिव रिजाल र विष्णुकुमार गिरी प्रतिष्पर्धामा छन्।
रिजाल संस्थापन निकट र गिरी महामन्त्रीका उम्मेदवार केन्द्रीय सदस्य गगन थापा निकट मान्छिन्।
Shares

प्रतिक्रिया