नेकपा एमालेका नेता महेश बस्नेतले उपाध्यक्ष भीमबहादुर रावललाई अध्यक्षमा उम्मेदवारी दिन गरेको घोषणा फिर्ता लिन आग्रह गरेका छन्।
मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै नेता बस्नेतले चितवनमा हुन लागेको १०औँ महाधिवेशनबाट ओलीलाई सर्वसम्म अध्यक्ष बनाउन जरुरी रहेको पनि बताएका छन्।
रावलले यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। बस्नेतले रावलको यो कदमले राम्रो सन्देश नदिएको बताएका छन्।
‘उम्मेदवारी फिर्ता लिएर महत्वपूर्ण भूमिकामा रहनुस्', बस्नेतले भने, 'अहिलेलाई ओलीलाई सर्वमान्य नेताका रुपमा हामीले अगाडि बढाउनु राम्रो हो।'
बस्नेतले यो महाधिवेशनमा आफू सचिव पदमा लड्ने पनि बताए। ओलीनिकट बस्नेतले हरेक हिसाबमा आफू सचिवका लागि योग्य भएको बताएका छन्।
141
Shares

प्रतिक्रिया