ad ad

राजनीति


देउवाको गृहजिल्ला डडेल्धुरामा ‘एकपक्षीय’ अधिवेशन सम्पन्न, भीमबहादुर साउद भए जिल्ला सभापति

देउवाको गृहजिल्ला डडेल्धुरामा ‘एकपक्षीय’ अधिवेशन सम्पन्न, भीमबहादुर साउद भए जिल्ला सभापति

फाइल तस्बिर : डडेल्धुरामा नवनिर्वाचित कांग्रेसको जिल्ला सभापति भीमबहादुर साउद।


नेपालखबर
मंसिर ७, २०७८ मंगलबार ७:५४, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा तीव्र विवादका नेपाली कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न गरिएको छ। 

सातौं जिल्ला अधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनबाट भीमबहादुर साउद जिल्ला सभापति चयन भएका छन्। 

कांग्रेस निर्वाचन समितिका अनुसार साउद ७३४ मत ल्याएर जिल्ला सभापतिमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी चूडामणि ठकुराठीले ७६ मत मात्र पाए। कूल ८८४ मतदातामध्ये ८३४ मत खसेको थियो। 

विजयी साउद परशुराम नगरपालिकाका मेयर पनि हुन्। दुवै उम्मेदवार संस्थापन अर्थात् देउवा पक्षका हुन्।

संस्थापन इतरको विरोध हुँदाहुँदै सभापति देउवाको गृहजिल्लामा एकपक्षीय अधिवेशन गरिएको हो। साविक जिल्ला सभापति कर्णबहादुर मल्लको पक्षले वडा तहदेखिका सबै अधिवेशन बदर गरी पुनः गर्न माग गर्दै कांग्रेसको केन्द्रीय कार्यालय (सानेपा) मा अनशन गरिरहेको छ। 

यी पनि :

देउवाको गृहजिल्लामा जारी अधिवेशन अवैध भएको भन्दै रोक्न उजुरी

कांग्रेस केन्द्रीय कार्यालयमा लाग्यो ‘मुर्दावाद’ नारा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .