ad ad

राजनीति


देउवाको गृहजिल्लामा जारी अधिवेशन अवैध भएको भन्दै रोक्न उजुरी

देउवाको गृहजिल्लामा जारी अधिवेशन अवैध भएको भन्दै रोक्न उजुरी

फाइल फाेटाे : कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनशनरत डडेल्धुराका नेता कार्यकर्ता


नेपालखबर
मंसिर ६, २०७८ सोमबार १५:५८, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जारी जिल्ला अधिवेशन अवैध भएको दाबी गर्दै उजुरी परेको छ। 

कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले सोमबार दिउँसो जिल्लामा जारी अधिवेशन अवैध भएको दाबी गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दर्ता गरेका हुन्। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः वडा अधिवेशन सुरु गर्नुपर्ने माग गर्दै सभापति मल्ल जिल्लाका नेता–कार्यकर्ताहरुका साथ विगत ६ दिनदेखि धर्ना दिँदै आएका छन्। 

धर्ना जारी राख्दै जिल्लामा भइरहेको अधिवेशन अवैध भएको दाबी गर्दै निर्वाचन समिति समक्ष उजुरी दर्ता गरेको सभापति मल्लले जानकारी दिए।   
उजुरीमा जिल्ला अधिवेशन स्थगित गरेर वडा अधिवशेनको नयाँ मिति तय गर्न आग्रह गरिएको छ। 

‘विगत जस्तै हाम्रो मागलाई पुनः सुनुवाइ नभए त्यसबाट उत्पन्न हुने घटना प्रति स्वयम् निर्वाचन समिति जवाफ देशी रहने’ उजुरीमा चेतावनी दिइएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .