ad ad

राजनीति


मतपत्र बाहिरिएपछि काठमाडौं-३ मा कांग्रेसको क्षेत्रीय अधिवेशन स्थगित

मतपत्र बाहिरिएपछि काठमाडौं-३ मा कांग्रेसको क्षेत्रीय अधिवेशन स्थगित

नेपालखबर
मंसिर ६, २०७८ सोमबार २०:५०, काठमाडौँ

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन स्थगित भएको छ। 

मतदानका क्रममा मतपत्र बाहिरिएपछि कांग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्र अधिवेशन स्थगित भएको हो। 

उक्त क्षेत्रमा सभापतिका लागि संस्थापन पक्षबाट काठमाडौं महानगरपालिका–६ का वडाध्यक्ष दिपेन्द्र लामा र इतर समूहबाट गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे प्यानलसहित प्रतिष्पर्धा छन्। 

संस्थापन पक्षीय उम्मेदवार लामाले सहमतिमा नै मंगलबार बिहान ८ बजेबाट मतदान सुरु गर्ने गरी स्थगित गरिएको जानकारी दिए। उनका अनुसार झण्डै ५५ मत खसिसकेपछि मतदान स्थगित गरिएको हो। 

‘मतदान चलिरहेका बेला मतपत्र आउट भयो। हामीलाई धाँधली भएको आशंका भयो,’ लामाले नेपालखबरसँग भने, ‘स्थगन गर्न लगायौँ। सहमति मै स्थगित भएको हो।’

संस्थापन पक्षबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका विजय तामाङले इतर समूहले धाँधली गरेपछि मतदान स्थगित भएको जानकारी दिए। 

‘निर्वाचन अधिकृतको नाम भएको तर साइन नभएको मतपत्र बाहिरियो। मतदान अधिकृत कै मिलेमतोमा मतपत्र बाहिरिएको आशंका भयो,’ उनले भने, ‘११ बजे नोमिनेसन भइसकेको थियो। साढे १२ बजेबाट मतदान भनिएको थियो। ६ बजेबाट मात्रै सुरु गरियो। पछि स्थगित गर्‍यौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .