राजनीति


सांसदहरु नआएपछि प्रस्तावित तीन राजदूतको सुनुवाइ स्थगित

सांसदहरु नआएपछि प्रस्तावित तीन राजदूतको सुनुवाइ स्थगित

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७८ आइतबार १३:३२, काठमाडौँ

सांसदहरु नआएपछि भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित तीन नेपाली राजदूतहरुको संसदीय सुनुवाइ आइतवार स्थगित भएको छ। 

सांसदहरु अनुपस्थित भएर कोरम नपुगेपछि आइतवार बिहान ११ बजेका लागि निर्धारित संसदीय सुनुवाइ कार्यक्रम रोकिएको हो। 

सुनुवाइ समितिमा बहुमत सांसद अनुपस्थित भएपछि प्रस्तावित राजदूतहरुको सुनुवाइ रोकिएको लोकतान्त्रिक समाजवादी पार्टीका सांसद एवम् समिति सभापति लक्ष्मणलाल कर्णले बताए।

‘सुनुवाइ समितिको बैठकमा कांग्रेसबाट कोही सांसद आएनन्। एमालेबाट २ जनामा उपस्थित थिए। माओवादी र जसपाबाट एकजना आएका थिए', उनले भने, 'त्यहीकारण कोरम नपुगेपछि आइतबारलाई तोकिएको बैठक स्थगित भएको छ। अब मंसिर १७ गते ११ बजेका लागि अर्को मिति तोकिएको छ।'

कर्णका अनुसार बहुमत सांसद नआएपछि सुनुवाइका लागि एक घण्टासम्म बसेर तीनै प्रस्तावित राजदूत फिरेका छन्। 

११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई सिफारिस गरेको थियो। 

संसदीय सुनुवाइ समिति १५ सदस्यीय रहेको छ। तर समितिका चार सदस्य मन्त्री भएकाले अहिले ११ सदस्यीयमा झरेको छ।

ती ११ पनि आइतवारको बैठकमा समितिका सभापति कर्ण, एमाले सांसद सुरेन्द्र पाण्डे र निरुदेवी पाल उपस्थित थिए। त्यस्तै माओवादीबाट देव गुरुङ र अमृता थापा मगर सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .