राजनीति


कांग्रेस अधिवेशन : बैतडीमा क्यान अध्यक्ष चन्दको प्यानल एउटा जित्यो, अर्को क्षेत्रमा चुक्यो

कांग्रेस अधिवेशन : बैतडीमा क्यान अध्यक्ष चन्दको प्यानल एउटा जित्यो, अर्को क्षेत्रमा चुक्यो

फाइल तस्बिर


गोकुल जोशी
मंसिर ५, २०७८ आइतबार ११:५५, काठमाडौँ

बैतडीमा नेपाली कांग्रेसको प्रदेश क्षेत्रीय अधिवेशन सकिएको छ। दुई प्रदेश निर्वाचन क्षेत्र रहेको बैतडीमा चुनावबाट नेतृत्व चयन भएको छ।

एउटा क्षेत्रमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको प्यानल विजयी भएको छ। अर्को क्षेत्रमा उनी इतरको शिवराज भट्ट प्यानल विजयी भएको छ।

नेपाली कांग्रेस बैतडीका उपसभापति समेत रहेका चन्द र भट्ट जिल्ला सभापतिको दौडमा छन्। उनीहरु प्यानल बनाएर चुनावमा होमिएका छन्। भट्ट संस्थापननिकट हुन भने चन्द संस्थापन इतर निकट मानिन्छ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर (२) मा चन्दको प्यानल विजयी भएको छ। शनिबार राति सम्पन्न मतगणना अनुसार सभापतिमा उनी निकट शिवराज  भट्ट (३४५ मत) सहित सभापतिमा विजयी भएको मतदान अधिकृत घनश्याम लेखकले जानकारी दिए। उनका अनुसार प्रतिद्वन्द्वी भट्ट प्यानलका महेश भट्टले ३०९ मत प्राप्त गरेका थिए।

यस्तै, उपसभापतिमा नरेशबहादुर चन्द (३६९) र मोहनबहादुर चन्द (३४९) मत ल्याएर विजयी भए। उनीहरुका निकटतम प्रतिद्वन्द्वी देवबहादुर चन्द र राकेशसिंह बिष्टले क्रमशः २७१ र २१४ मत प्राप्त गरे। 

यस्तै सचिवमा देवदत्त भट्ट ३७५ र धनबहादुर क्षेत्री ३४७ मत ल्याएर विजयी भएका छन्। उनीहरुका निकटतम प्रतिद्वन्द्वी कृष्णबहादुर बोहरा र प्रेमबहादुर चन्दले क्रमशः २२८ र २६५ मत ल्याए। 

यस्तै, सहसचिवमा महादेवसिंह धनाडी र महेशसिंह विष्ट क्रमशः ले ३६५ र ३७९ मत ल्याएर विजयी हुँदा उनीहरुका निकटतम प्रतिद्वन्द्वी रतनसिंह कार्की र रमेश मेहताले क्रमशः २३६ र २२५ मत ल्याए। प्रदेश निर्वाचन क्षेत्र (१) मा भने चन्द प्यानल झिनो मतान्तर पराजित भएको छ। 

सभापतिमा चन्द इतर (भट्ट प्यानल) का विष्णुप्रसाद भट्ट ३१९ मत सहित विजयी भएका मतदान अधिकृत रनबीरसिंह धामीले जानकारी दिए। विष्णुप्रसाद भट्ट प्रतिद्वन्द्वी चन्द प्यानलका हिमालबहादुर बमले ३१५ मत ल्याए।

यस्तै उपसभापतिमा कर्णबहादुर जागरी ३४२ र हर्कबहादुर बिष्ट ३२८ मत सहति विजयी भए। उनीहरुका प्रतिद्वन्द्वी नवीनराज अवस्थीले २५९ र राजेन्द्रप्रसाद अवस्थीले २६२ मत ल्याएका थिए। 

यस्तै सचिवमा रिकेशबहादुर बोहरा ३३७ र तेजबहादुर साउँद ३४४ मत ल्याएर विजयी भएका छन्। उनीहरुका निकटतम ३३७ भुवनराज भट्ट र अमरसिंह धामीले क्रमशः २४९ र २५६ मत ल्याए प्राप्त गरे।

यस्तै सहसचिव पदमा अम्बादत्त पन्त  र दीपकसिंह धामी क्रमशः ३५२ र ३२६ मत ल्याएर विजयी भएका छन्। 

उनीहरुका प्रतिस्पर्धी गणेशसिंह साउँद र रामचन्द्र महराले क्रमशः २५२ र २४७ मत ल्याए प्राप्त गरेका थिए। यही मंसिर ७ गते जिल्ला अधिवेशन गर्ने कांग्रेस बैतडीको कार्यतालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad