राजनीति


बार परिसरभित्रै छिरेर कानुन व्यवसायीलाई धम्क्याउने व्यक्तिहरू पक्राउ

बार परिसरभित्रै छिरेर कानुन व्यवसायीलाई धम्क्याउने व्यक्तिहरू पक्राउ

बिहीबार नेपाल बारको परिसरभित्र छिरेर वकिलहरूलाई धम्क्याउँदै एक व्यक्ति।


नेपालखबर
मंसिर ३, २०७८ शुक्रबार ९:३२, काठमाडौँ

नेपाल बार एसोसिएसन परिसरभित्रै छिरेर वकिलहरूलाई धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय प्रहरी परिसर (काठमाडौं) प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार बिहीबार दिउँसो आन्दोलनरत कानुन व्यसायीलाई धम्क्याउने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई राति नियन्त्रणमा लिइएको हो।

‘उनीहरूलाई हामीले बिहीबार राति घरबाटै पक्राउ गरेका हौं’, एसपी बस्नेतले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘अहिले दुवै जना परिसरको नियन्त्रणमा छन्, घटनाबारे थप अनुसन्धान जारी छ।’

पक्राउ परेका ढकाल काठमाडौं महानगरपालिका– ६, बौद्ध र श्रेष्ठ कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका बासिन्दा रहेकाे एसपी बस्नेतले बताए। 

​बिहीबार दिउँसो प्रधानन्यायाधी चालेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका बेला  अचानक केही युवा बार परिसरभित्रै पसेर वकिलहरूलाई तथानाम गाली गरेका थिए।

त्यसपछि कानुन व्यवसायीहरूले ती युवालाई तँ को होस् भन्दै धकेल्न थालेपछि झडप हुन सक्ने देखेर प्रहरीले उनीहरूलाई बार परिसरबाट बाहिर निकालेको थियो। ​

याे पनि : ​बारमा 'भिजिलान्ते' पसेको गुनासो, वकिलसँग झडप गर्नेमध्ये एकजना न्यायाधीशकै भतिजा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .