सर्वोच्च अदालतमा कात्तिक ८ देखि जारी गतिरोध लम्बिँदै गएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले 'फुलकोर्ट' बैठक बोलाएका छन्।
सर्वोच्च अदालतमा आफूविरुद्धको आन्दोलन शिथिल हुने अवस्था नदेखेपछि निकासका विकल्प खोज्न जबराले फुलकोर्ट बैठक बोलाएका हुन्।
यो बैठकमा जबराले सर्वोच्चमा हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयनबारे निर्णय लिन सक्ने बताइएको छ।
सर्वोच्च अदालतमा आन्दोलनरत १३ न्यायाधीशहरू ‘फुलकोर्ट’ बोलाउन तयार भएका थिए।
यसअघि नेपाल बार एसोसियसनले जबरालाई शुक्रबारसम्म राजीनामा दिन अल्टिमेटम दिए थियो। तर बिहीबार बिहान जबरालाई रोक्न खोज्दा बारका सदस्य र प्रहरीबीच झडप हुँदा २० जनाभन्दा बढी घाइते भएका छन्।
87
Shares

प्रतिक्रिया