कारोबार


नबिल बैंकले सञ्चालनमा ल्यायो प्रिमियम रेमिट्यान्स सेभिङ्स अकाउन्ट

नबिल बैंकले सञ्चालनमा ल्यायो प्रिमियम रेमिट्यान्स सेभिङ्स अकाउन्ट

नेपालखबर
मंसिर २, २०७८ बिहिबार १२:१८, काठमाडौँ

नबिल बैंकले व्यक्तिगत बचत खाताअन्तर्गत ‘नबिल प्रिमियम रेमिट्यान्स सेभिङ्स अकाउन्ट’ सञ्चालन ल्याएको छ। 

आफ्ना ग्राहकहरुलाई समयानुकूल सेवा प्रदान गर्दै आइरहेको बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी उक्त खाता सञ्चालनमा ल्याएको हो। 

बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ। ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन्। यस ‘नबिल प्रिमियम रेमिट्यान्स सेभिङ्स अकाउन्ट’ मा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्यको उच्च ब्याजदर प्रदान गर्नेछ ।  

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८९ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत आफ्ना ग्राहकहरुलाई समायनुकूल सेवा प्रदान गर्दै आएको छ। 

बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोशेढुङ्गाको रुपमा काम गर्दै आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad