ad ad

राजनीति


मोटरसाइकल र्‍यालीसहितको समूह छिर्न खोजेपछि सर्वोच्च अदालत क्षेत्र तनावग्रस्त (भिडिओ)

मोटरसाइकल र्‍यालीसहितको समूह छिर्न खोजेपछि सर्वोच्च अदालत क्षेत्र तनावग्रस्त (भिडिओ)

तस्बिर/भिडिओ : विक्रम राई/नेपालखबर।


उजिर कार्की
कात्तिक २८, २०७८ आइतबार ११:१८, काठमाडौँ

सर्वाेच्च अदालतमा धर्ना दिइरहेका वकिलहरूको विराेधमा एउटा अर्काे समूह मोटरसाइकल र्‍पालीसहित पुगेपछि अहिले तनाव भएको छ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा अदालत परिसरमा धर्ना दिइरहेका कानुन व्यवसायीविरुद्ध नाराबाजी गर्दै आफूलाई सामाजिक अभियन्ता बताउनेहरूको भीड भित्र पस्न खोजेपछि प्रहरीले रोकिरहेको छ। 

अदालतको मूल गेटमा वकिलहरूको धर्ना जारी छ भने अदालत बाहिर सडकमा मोटरसाइकल र्‍यालीसहितको समूह भित्र पस्ने प्रयास गरिरहेको छ।

प्रहरीले उनीहरूलाई रोक्न संघर्ष गरिरहेको छ। प्रधानन्यायाधीश जबरा भने शुक्रबार जस्तै आज पनि वकिलहरूको धर्ना छल्दै अर्कै गेटबाट सर्वाेच्च अदालत छिरिसकेका छन्। 

भिडिओ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .