ad ad

राजनीति


महराको थुनछेक बहस सुरु, के होला फैसला?

 महराको थुनछेक बहस सुरु, के होला फैसला?

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार ६:३६,

जबर्जस्ती करणी उद्योगको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ।

काठमाडौं जिल्ला अदालतमा आइतबार दिउँसो ११ बजेबाट उनको थुनछेक बहस सुरु भएको हो। गत शुक्रबार उनीलाई न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासले बयान लिएको थियो।

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले गत बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान हुने अदालतले आदेश दिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .