राजनीति


गण्डकी एमालेलाई फर्काइयो जेठ २ मा, इन्चार्जबाट हटे गुरुङ (विवरणसहित)

गण्डकी एमालेलाई फर्काइयो जेठ २ मा, इन्चार्जबाट हटे गुरुङ (विवरणसहित)

पृथ्वीसुब्बा गुरुङ


नेपालखबर
कात्तिक २४, २०७८ बुधबार १०:१९, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष भीम रावल पार्टी संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काउने दसबुँदे सहमति अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नगरेको भन्दै असन्तुष्ट भइरहेका बेला गण्डकी प्रदेश कमिटीलाई त्यहीअनुसार कायम गरिएको छ।  

जसअनुसार गण्डकीको इन्चार्जमा किरण गुरुङको पुनर्बहाली भएको छ भने पृथ्वीसुब्बा गुरुङ उक्त  जिम्मेवारीबाट हटेका छन्। तर दुवै नेता ओली समूहकै हुन्।

यस्तै गण्डकी प्रदेश कमिटीमा थप ३ सय सदस्य मनोनयन गरिएको छ। यसअघिका १०९ जना सदस्यसमेत गर्दा अब एमाले गण्डकी प्रदेश कमिटी ४०९ सदस्यीय बनेको छ।

यस्तै गण्डकी प्रदेश सचिवालय कमिटी ५३ जना थप गरी ६७ सदस्यीय बनाइएको छ। 

हेर्नुहोस् पूरा विवरण–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad