समाज


युवक हत्याको विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

युवक हत्याको विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
कात्तिक २४, २०७८ बुधबार १०:१, काठमाडौँ

कैलालीको टीकापुरमा एक युवकको हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। 

मंगलबार राति टीकापुर नगरपालिका–१ मा चक्कु प्रहार हुँदा लम्कीका २२ वर्षीय भुपेन्द्र बडुवालको मृत्यु भएको थियो। हत्यारा भरार छन्।

दुई समूहबीच झडप हुँदा एक पक्षले चक्कु प्रहार गर्दा घटना भएको प्रहरीले जनाएको छ। हत्यामा संलग्नमाथि कडा कारवाहीको माग गर्दै स्थानीयले बुधबार बिहानैदेखि लम्कीचुहास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन्।

पीडित पक्षले बिहानैदेखि राजमार्ग अवरुद्ध पारेपछि सवारीसाधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। राजमार्ग अवरुद्ध भएपछि लम्की चुहामा सवारीसाधनको लामो लाइन लागेको छ। सडकमै सबारी राधन रोकिएपछि सयौं यात्रुहरु अलपत्र परेका छन्।

हत्यामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad