ad ad

राजनीति


सर्वोच्चका सबै न्यायाधीशको सम्पत्ति विवरण खोजौँ : सुरेन्द्र भण्डारी

सर्वोच्चका सबै न्यायाधीशको सम्पत्ति विवरण खोजौँ : सुरेन्द्र भण्डारी

नेपाल बार परिसरमा विरोध कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी। तस्बिर : विक्रम राई


नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १२:९, काठमाडौँ

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीशविरुद्ध भइरहेको आन्दोलनको न्यायाधीशहरूले व्याख्या गर्नुपर्ने बताएका छन्। 

नेपाल बार एसोसिएसन परिसरमा मंगलबार आयोजित विरोध प्रदर्शनका क्रममा सबै न्यायाधीशहरु एकातिर भएको अवस्थामा प्रधानन्यायाधीश नटिक्ने कुरा पुष्टि भइसकेको उनले बताए। 

'सबै न्यायाधीशहरु विरोधमा उत्रिएकाले प्रधानन्यायाधीश टिक्दैनन् भन्ने प्रमाण पाइसकेका छौँ। अब न्यायाधीशको इन्क्वायरी गठन गर्नु जरुरी छ', उनले भने, 'अब न्यायाधीशहरूले के कस्तो अवस्थामा प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्छ भनेर संविधानमा भएका कुराको व्याख्या गरिदिनुपर्यो।'

उनले अन्य न्यायाधीशहरुलई पनि व्यक्तिगत स्वार्थ र साँठगाँठमा नलाग्न आग्रह गरे। 'तपाईंहरु के आधारमा आन्दोलन गरिरहनु भएको छ? त्यो कुरा पनि जनतालाई प्रष्ट बुझाइदिनुस्', उनले आन्दोलित न्यायाधीशहरूलाई भने, 'यसबारेमा नागरिकहरुलाई बताउनुपर्यो। सेवाग्राहीलाई थाहा होस्, तपाईंहरुको आन्दोलनको उद्धेश्य!'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .