ad ad

राजनीति


'प्रधानन्यायाधीश विचौलियाका नाइके हुन्, नहटाइ छाड्दैनौँ'

'प्रधानन्यायाधीश विचौलियाका नाइके हुन्, नहटाइ छाड्दैनौँ'

विरोध कार्यक्रममा बोल्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ। तस्बिर : विक्रम राई


नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १२:०, काठमाडौँ

नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई विचौलियका नाइकेको संज्ञा दिएका छन्। 

मंगलबार बार परिसरमा प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका वकिलहरुलाई सम्बोधनका क्रममा अध्यक्ष श्रेष्ठले कडा आन्दोलन घोषणा गरेका हुन्। 

'उहाँ (प्रधानन्यायाधीश) विचौलियाको नाइके हो। विचौलियाको नाइके भएकाले उहाँलाई नहटाएसम्म हामी चुप बस्दैनौँ', उनले भने, 'न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशलाई हटाउने आन्दोलनमा साथ दिन सेवाग्राहीलाई पनि आग्रह गर्छौँ।'

उनले यो आन्दोलन देशवयापी बनाउने पनि घोषणा गरे। श्रेष्ठले त्यहीक्रममा बिहीबारदेखि उपत्यकाका सबै अदालतमा बिहान १० बजेदेखि १२ बजेसम्म वकिलहरुले इजलास बहिष्कारको निर्णय लिएको जानकारी दिए। 

उपत्यकाका तीनवटै जिल्ला अदालत उच्च अदालत र विशेष अदालत र सर्वोच्च अदालतमा १० बजेदेखि १२ बजेसम्म बेन्चमा नजाने निर्णय भएको बारका अध्यक्ष श्रेष्ठले बताए। 

'न्यायपालिकाको गरिमा बचाउन यो आन्दोलन गर्नुपरेको हो', श्रेष्ठले भने, 'प्रधानन्यायाधीश जबरा आफ्नो पद बचाउन अगाडि बढेकाले न्यायपालिका ध्वस्त हुन लागेको छ। नागरिक समाजलाई आन्दोलनमा साथ दिन आग्रह गर्छौँ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .