राजनीति


साझा पार्टीले बनायो दाङबाट प्रदेशसभामा चौधरीलाई उम्मेदवार

 साझा पार्टीले बनायो दाङबाट प्रदेशसभामा चौधरीलाई उम्मेदवार

नेपालखबर
कात्तिक १६, २०७६ शनिबार ११:१२,

साझा पार्टीले प्रदेशसभातर्फ दाङ क्षेत्र नं.३ (ख) मा शिवकुरमार चौधरीलाई उम्मेदवार बनाउने भएको छ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टीले प्रदेशसभातर्फ दाङ क्षेत्र नं.३ (ख) चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए।

 संयोजक मिश्रका अनुसार विगत लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा सक्रिय चौधरीले ग्रामीण विकास तथा स्वास्थ्य विषयमा स्नातकोत्तर गरेका छन्।

उम्मेदवार सिफारिस भएपछि चौधरीले आफू निर्वाचित भएमा खुला क्षेत्र, वातावरण तथा सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन, बालबालिकाहरूलाई खेल्ने पार्कहरूको निर्माण गर्ने लगायतका प्रतिवद्धता व्यक्त गरेका छन्।

तत्कालीन एमालेको तर्फबाट विजयी हुएका प्रदेश सांसद उत्तरकुमार ओलीको सडक दुर्घटनामा निधन भएपछि सो क्षेत्र रिक्त भएको थियो।

साझाले यसअघि प्रतिनिधिसभाका लागि कास्की २ मा रजनी केसी र प्रदेशसभा भक्तपुरमा सुरज प्रधानलाई उम्मेदवार घोषणा गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad