समाज


GRATULA शब्दले फेसबुकमा निम्त्यायो हंगामा, के हो वास्तविकता?

GRATULA शब्दले फेसबुकमा निम्त्यायो हंगामा, के हो वास्तविकता?

नेपालखबर
कात्तिक १६, २०७६ शनिबार ११:२४,

यो शब्द फेसबुकको कमेन्ट अथवा स्टाटसमा पोस्ट गर्दा हामीले हाम्रो फेसबुक अकाउन्ट ह्याक भएको अथवा नभएको थाहा पाउन सकिने कुरा हल्लाको रुपमा फिजिएको छ।

विभिन्न फेसबुक पेज, ग्रुप तथा मेमको माध्यमबाट यो विषय चर्चामा रहेपछि यतिबेला नेपाली फेसबुक प्रयोगकर्ताहरु हल्लाको पछाडि लागेका छन्।

उक्त पोस्टमा भनिएको सार यस्तो छ,‘फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरबर्गले नयाँ शब्द GRATULA को निर्माण गरेका छन्। आफ्नो अकाउन्ट सुरक्षित राख्नका लागि यो शब्द कमेन्टमा लेख्नु होला। यदी उक्त शब्द रातो देखिए तपाइँको फेसबुक सुरक्षित छ तर यदी शब्द रातोमा परिणत नभए आफ्नो पासवर्ड परिवर्तन गर्नुहोला। किनभने तपाइँको अकाउन्ट ह्याक भएको छ।’

फेसबुक प्रयोगकर्ताहरु यतिबेला हल्लाको पछाडि लागेर यस शब्द स्टाटस तथा कमेन्टमा लेख्न थालेका छन्।

वास्तवमा GRATULA यो शब्द हंगेरीको शब्द हो। यसको अर्थ बधाई हुन्छ। जसरी अंग्रेजीमा CONGRATULATIONS लेख्दा शब्द रातो हुन्छ। नेपाली BADHAI लेख्दा शब्द रातो हुन्छ। त्यस्तै हंगेरीको शब्द GRATULA लेख्दा शब्द रातो भएको हो। बधाई अर्थ दिने शब्द जुन भाषामा लेखिए पनि त्यो रातोमा परिणत हुन्छ।

त्यसैले हामी शब्द रातो भयो भन्दैमा अथवा भएन भन्दैमा अत्तालिनु नहुने जानकारहरु बताउँछन्।

सन् २०१८ मै यो हल्ला विश्वमा फिजिएको थियो। यतिबेला नेपालमा यो हल्ला फिजिएको हो। यो शब्द र हाम्रो अकाउन्ट सुरक्षित छ या छैन् भन्नेमा कुनै सत्यता छैन।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad