खेल


शनिबार बार्सिलोना, मड्रिड र युभेन्ट्स प्रतिस्पर्धामा

शनिबार बार्सिलोना, मड्रिड र युभेन्ट्स प्रतिस्पर्धामा

नेपालखबर
कात्तिक १६, २०७६ शनिबार १०:४१,

बार्सिलोनाले आज राति नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा लिभान्टेसँग प्रतिस्पर्धा गर्नेछ।

एथ्लेटिको र सेभियाबीच ११ बजेर १५ मिनेटमा प्रतिस्पर्धा हुनेछ भने रियल मड्रिड र रियल बेटिसबीचको खेल १ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

ला लिगामा हाल ११ औं चरणको खेल जारी छ। दश खेलबाट २२ अंक जोडेको बार्सिलोना लिगको शीर्ष स्थानमा छ भने समान दश खेलबाटै २१ अंक बटुलेको रियल मड्रिड लिगको दोस्रो स्थानमा छ।

समान ११ खेलबाट २०–२० अंक जोडेका ग्रानडा र एथ्लेटिको मड्रिड भने क्रमश तेस्रो र चौथो स्थानमा छन्।

यसैबीच इटालिएन सिरि एमा क्रिस्टियानो रोनाल्डो आवद्ध क्लब युभेन्ट्सले टोरिनो क्लबसँग प्रतिस्पर्धा गर्दैछ।

खेल नेपाली समयअनुसार राति साढे १ बजे सुरु हुनेछ। युभेनट्स सिरि एमा शीर्ष स्थानमा रहेको टोली हो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad