राजनीति


एमाले छोडेर मन्त्री बनेकालाई चुनावमा जमानत जोगाउन ओलीको चुनौति

एमाले छोडेर मन्त्री बनेकालाई चुनावमा जमानत जोगाउन ओलीको चुनौति

कृष्ण बहाब
कात्तिक २२, २०७८ सोमबार १६:४०, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमालेको सरकार ढालेर देउवा सरकारमा मन्त्री बनेकाहरुलाई जमानत जोगाउन चुनौति दिएका छन्।

विराटनगरमा एमाले मोरङले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रदेश सरकार ढालेर, संघीय सरकार ढाल्ने र एमाले छोडेर मन्त्री हुनेहरुले जमानत जोगाउन नसक्ने बताए।

‘एमाले सरकार ढालेर खुसी भएका छन्। १ नम्बर प्रदेशमा पनि भर्खरै सरकार ढालेका छन्। सिट धेरै भएर होइन, जनमत धेरै आएर पनि होइन, अहिले एमालेको सिट संख्याको आधा सिट पनि कुनै दलको छैन,’ ओलीले भने, ‘एमाले छोडेर मन्त्री भएकाहरुले फेरि आउँदो चुनावमा जमानत जोगाएर देखाउन् त।’

झण्डै एक घण्टा बोलेका ओली अधिकांश समय अदालतको विवाद, वर्तमान सरकार, गठबन्धन दलहरु तथा माओवादी अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालमाथिको आलोचनामै केन्द्रित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .