ad ad

राजनीति


'चितवनमा हँसियाहथौडालाई भोट हाल्दा कांग्रेसले काठमाडौं गुमायो'

'चितवनमा हँसियाहथौडालाई भोट हाल्दा कांग्रेसले काठमाडौं गुमायो'

फाइल तस्बिर


नेपालखबर
कात्तिक २२, २०७८ सोमबार १४:२९, काठमाडौँ

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सर्वोच्च अदालतमा देखिएको विवादबारे नबोलेमा पार्टीले ठूलो क्षति व्यहोर्ने बताएका छन्। 

सिन्धुलीको कमलामाई नगरपालिका कांग्रेसको वडा अधिवेशनलाई सोमबार सम्बोधनका क्रममा नेता थापाले यस्तो बताएका हुन्। 

'अदालतको संघर्षमा सत्यको पक्षमा कांग्रेस उभिनु आवश्यक भइसकेको छ। अदालतको न्यायिक नेतृत्वमा आएको विचलनमा कांग्रेसले नबोले ठीक हुँदैन', थापाले भने, 'कांग्रेसले अदालतको विषयमा सही ठाउँमा उभिएन भने, सत्यको पक्षमा उभिएन भने लाखौँ मतदाता गुमाउँछ।'

२०७४ सालको स्थानीय निर्वाचनका क्रममा कांग्रेसले कार्यकर्तालाई चितवनमा हँसियामा भोट हाल्न लगाउँदा काठमाडौंका मतदाता गुमाएको पनि थापाले बताए। 

'चितवनको निर्वाचनमा कांग्रेसले हँसिया हथौडा (माओवादीको चुनाव चिन्ह) मा मत हाल्नुपर्छ भन्दा काठमाडौंमा मतदाता गुमायो', उनले भने, 'चितवन प्रकरणले कांग्रेसका लाखौँ मतदाता रिसाए। हामीले अब पनि हाम्रा ३२ लाख मतदाता रिसाउने काम गर्नु हुँदैन। अदालतबारे नबोलेमा कांग्रेसले अझै मतदाता गुमाउँछ।'

उनले अबको निर्वाचनमा ३० लाख नयाँ मतदाता थपिने बताउँदै तिनलाई पनि रुखमा भोट हाल्ने बनाउनुपर्नेमा जोड दिए। 'अब ३० लाख नयाँ मतदाता थपिँदैछन्। ३० लाखबाट ठूलो संख्यामा कांग्रेसलाई मत हाल्ने बनाउनुपर्छ', उनले भने, 'हामीले
हिजो कांग्रेस छाडेर गएका पुराना मतदाता र नौजवान मतदातालाई कांग्रेस नेतृत्वको अनुहार र फोटो देखाएर मत हाल्नुस् भन्नुछ। बजारमा टोलमा भन्न पाउनुपर्ने नेतृत्व नछाने गाह्रो छ। कांग्रेसले राम्रो नेतृत्व छानेमा १० लाख मतदाता थपिन्छन्।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .