राजनीति


बैतडीमा एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

बैतडीमा एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

नेपालखबर
कात्तिक २२, २०७८ सोमबार ९:८, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत बैतडी जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सकिएको छ।

छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन्। यसका साथै जिल्लाका ८४  वडामा पुरुषले नै नेतृत्व सम्हालेका छन्।    

दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको टिप्पणी हुन थालेको छ। पालिकाको अध्यक्ष पदमा महिला र दलित आउन नसके पनि अन्य पदाधिकारीमा भने उनीहरुलाई स्थान दिइएको एमाले जिल्ला सचिव तथा प्रदेशसभा सदस्य लिलाधर भट्टले बताए। ‘अध्यक्षमा महिला र दलितको सहभागिता शून्य देखिए पनि अन्य पदमा भने उत्साहजनक सहभागिता छ,’ उनले भने।

हालै सम्पन्न पालिका अधिवेशनबाट जिल्लाको दशरथचन्द, पाटन , पुर्चौडी र मैलौली  नगरपालिकामा क्रमशः अजबहादुर पाण्डे, ललितसिंह ठगुन्ना, कर्णबहादुर धामी र राजबहादुर चन्द अध्यक्ष भएका छन् ।  यस्तै  दोगडाकेदार, डिलाशैनी, पञ्चेश्वर,सुर्नया, शिवनाथ र सिगास  गाउँपालिकामा क्रमशः काशीसिंह विष्ट, रघुवीर बोहरा, प्रकाश चन्द, महेन्द्र चन्द, सुर्नया राजेन्द्र भट्ट र गोपाल धामी चयन भएका छन्। 

यसैबीच  जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट भने यही कात्तिक २७ गते हुने भएको छ। प्रदेशसभाको अधिवेशन र जिल्ला अधिवेशन भने महाधिवेशनपछि हुने एमाले बैतडीले जनाएको छ। 

एमालेको दशौँ महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म  चितवनमा हुँदैछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad