राजनीति


प्रदेश १ : पाँच मन्त्रीसहित मुख्यमन्त्री राईले शपथ लिए

प्रदेश १ : पाँच मन्त्रीसहित मुख्यमन्त्री राईले शपथ लिए

कृष्ण बहाब
कात्तिक १६, २०७८ मंगलबार १६:३४, इटहरी

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पाँचजना मन्त्रीसहित पद तथा गोपनीयताको शपथ लिएका छन्।

एमालेबाट निर्वाचित मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि मंगलबारै मुख्यमन्त्रीमा नियुक्त भएका उनले शपथ लिएका हुन्।

गठबन्धन दलको सहमति अनुसार कांग्रेसबाट २ जना, माओवादी केन्द्रबाट १ जना, जनता समाजवादीबाट १ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १ राज्यमन्त्री नियुक्त भएर शपथ लिँदै छन्। 

 गठबन्धन दलमध्ये कांग्रेसको तर्फबाट केदार कार्कीले आन्तरिक मामिला मन्त्रीको रुपमा शपथ लिने भएका छन्। 

कार्कीको नेतृत्वमा कांग्रेस प्रदेश १ सरकारमा गएको हो। 

दलका उप नेता हिमाल कार्कीको वा केदार कार्कीको नेतृत्वमा सरकारमा जाने भनेर कांग्रेसले टुंगो लगाउन सकेको थिएन। 

विराटनगरस्थित परपलहेज रिर्सोटमा भएको गठबन्धनको बैठकपछि भौतिक मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय कांग्रेसलाई दिने सहमति भएको छ। 

कांग्रेसबाट हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री बन्ने भएका छन्। 

यस्तै माओवादी केन्द्रको भागमा आर्थिक मामिला मन्त्रालय परेको छ। आर्थिक मामिला मन्त्रीका रुपमा इन्द्र आङ्बोले शपथ लिँदैछन्। 

जसपाको भागमा सामाजिक विकास मन्त्रालय परेको छ। जसपाका तर्फबाट जयराम यादव मन्त्री बन्दैछन्। 

गठबन्धनको सदस्य दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विष्णु तुम्वाहाङ्फे समाजिक विकास राज्यमन्त्री बन्ने पक्का भएको छ।

यसअघि कांग्रेसमा दलका उपनेता हिमाल कार्की र केदार कार्कीको नेतृत्वमा सरकारमा जाने भन्नेमा विवाद थियो। त्यहीकारण मन्त्रीहरुको शपथ पनि ढिला भएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .