राजनीति


चितवनमा ओलीले भने : बत्ती निभाएर, मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ

चितवनमा ओलीले भने : बत्ती निभाएर, मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०७८ सोमबार १७:२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन्। 

भरतपुर महानगरको अधिवेशनलाई सोमबार सम्बोधनका क्रममा ओलीले एमालेले अर्को चुनाव जित्ने बताएका हुन्।

'अब तपाईंहरुले एमालेलाई एक्लै विजयी बनाउन लाग्नुस्। यस जिल्लालाई मलाई धेरै दु:ख दिन्न तीनवटा संघीय सांसद चाहियो। ६ वटा प्रदेशसभा सांसद चाहियो', उनले भने, 'एकजना साथीले भनेछन् वडाहरुमा हामी दुईतिहाइ जित्छौँ, अनि एकतिहाई चाहिँ कसले जित्छ नि!'

ओलीले अब धाँधली गरे चुनाव जित्ने सपना नदेख्न पनि अन्य दललाई चेतावनी दिएका छन्। 

'अब बुथ कब्जा गरेर, बत्ती निभाएर, मत पत्र च्यातेर जे गरे भए पनि जित्नुपर्छ भन्दैछन्', उनले प्रचण्डतिर लक्षित गर्दै भने, 'हामी बत्ती निभाएर होइन, मतपत्र च्यातेर होइन, धाँधली गरेर होइन जनताको पवित्र मतले जित्छौँ।अब कसैले पनि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad