राजनीति


'गतिलो नेतृत्व नहुँदा कांग्रेस र मुलुक दुवै अस्तव्यस्त भए'

'गतिलो नेतृत्व नहुँदा कांग्रेस र मुलुक दुवै अस्तव्यस्त भए'

नेपालखबर
कात्तिक १५, २०७८ सोमबार १२:१९, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गतिलो नेतृत्व नहुँदा पार्टी र मुलुक दुवै अस्तव्यस्त भएको गुनासो गरेका छन्। 

प्रेस युनियन धनुषाले सोमबार बिहान जनकपुरधाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले गतिलो नेतृत्व नहुँदा कांग्रेस अस्तव्यस्त भएको बताए। 

उनले देशमा भएको राजनीतिक परिवर्तनपछि गतिलो र कुशल नेतृत्व अभावमा देश नै अधोगतितर्फ अघि बढेको पनि गुनासो गरे।

‘७० वर्ष लामो आन्दोलन र त्यागबाट लोकतन्त्र ल्याएका हौँ', उनले भने, 'त्यत्रो त्याग र बलिदानीबाट आएको परिवर्तनलाई संस्थागत गर्ने बेला जताततै भाँडभैलो छ।  न्यायलयसहितका संवैधानिक निकायहरूमा अस्तव्यस्त छन्।'

पौडेलले संसद पनि चल्न नसकेको गुनासो गरे। 'देशलाई नै अहिले अस्तव्यस्त बनाइएको छ,' उनले भने, 'यस्तो अवस्था देख्दा लोकतन्त्र रक्षाका लागि आमजनताले उत्रिनुपर्ने बेला आएको छ।'

संविधानका कजोरीलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने जस्तै संविधान संशोधन हुन नसक्ने उनले बताए। 

संविधान संशोधनको मुद्दालाई उचाल्दा देश फेरि अस्तव्यस्त र द्वन्द्वमा जान सक्ने पनि चेतावनी दिए।

न्यायपालिकाको समस्याबारे सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीभित्र छलफल राख्न आग्रह गरेको उनले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad