राजनीति


ट्रम्पकै शैली पछ्याउँदै ब्राजिलका राष्ट्रपति, ब्राजिलको मुख्य पत्रिकाको ग्राहक नबन्ने

ट्रम्पकै शैली पछ्याउँदै ब्राजिलका राष्ट्रपति, ब्राजिलको मुख्य पत्रिकाको ग्राहक नबन्ने

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार ९:२४,

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलको एउटा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा गरेका छन्। राष्ट्रपति बोल्सोनारोले देशका प्रमुख सञ्चार माध्यमले आफ्ना नीतिमाथि निरन्तर आलोचना गरेको भन्दै निरन्तर आक्रोश व्यक्त गरिरहेका छन्।

राष्ट्रपति बोल्सोनारोले फेसबुकबाट प्रत्यक्ष प्रसारित साप्ताहिक सम्बोधनका क्रममा भने, “आज मैले मेरो कार्यकारी शक्तिको प्रयोग गरी फोल्हा अखबारको ग्राहक रद्द गरेको छु । फोल्हा पत्रिका पढ्न चाहनेले ब्रासिलियाका बस स्टेसनमा रोकिएर किन्न सक्नेछन् ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गत साता अमेरिकाका दुई वटा ठूला अखबारहरु दि न्यूयोर्क टाइम्स र वासिङ्टन पोस्टको ग्राहक नबन्ने घोषणा गरेका थिए। ब्राजिली राष्ट्रपति बोल्सोनारो पनि अमेरिकी राष्ट्रपति ट्रम्पकै शैली पछ्याउन रुचाउँछन्।

ब्राजिली राष्ट्रपतिले फोल्हा, टिभी ग्लोबो र भेजा म्यागाजिन समेतका ब्राजिली सञ्चार माध्यममाथि राष्ट्रपति चुनावी अभियानदेखि गत जनवरीमा राष्ट्रपतिको सपथ लिएयता निरन्तर आलोचना गरिरहेका छन्।

“हामीले यस्ता अखबारका लागि बढी पैसा खर्च गर्नु आवश्यक छैन । फोल्हामा जसले विज्ञापन गरिरहेको छ सचेत रहनू,” बोल्सोनारोले चेतावनी दिए।

फोल्हाले एक विज्ञप्ति प्रकाशन गरी बोल्सोनारोको विभेदकारी कदमप्रति खेद व्यक्त गरेको छ । फोल्हाले सरकारका कामकारवाहीमाथि निरन्तर निगरानी राख्ने र गैर–पक्षधर पत्रकारितालाई निरन्तरता दिने जनाएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad