सिद्धार्थ बैंकले काठमाडौं उपत्यका बाहिर एकसाथ चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले शुक्रबारस प्तरीको कल्याणपुर, नवलपुरको दलदले, बन्दीपुरको डुम्रे र सिराहाको गोलबजारमा शाखा सञ्चालनमा ल्याएको हो।
शाखा मार्फत बैंकले सर्वसाधारण र व्यवसायीहरूमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु-याउने उद्देश्य लिएको छ। बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
बैंकको हालको चुक्ता पूँजी रु आठ अर्ब ८८ करोड ७६ लाख चार हजार पाँच सय ४० रहेको छ भने २०७६ आश्विन मसान्त सम्ममा बैंकले १२४ अर्ब निक्षेप संकलन र ११३ अर्ब कर्जा लगानी गरेको छ।
उक्त शाखा विस्तारपश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७१ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ।
यसका साथै बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १८७ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफनो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको जनाएको छ।

प्रतिक्रिया