मनसुन सकिएपछिको भीषण वर्षातपति सुदूरपश्चिममा बाढी र पहिरोले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बैतडी पुगेका छन्।
बैतडीको सिगास गाउँपालिकाको ढुंगाडमा पुगेर उनले आज बाढी र पहिरोले पारेको क्षतिको अवस्थाका बारेमा जानकारी लिएका हुन्।
सुदूरपश्चिममा बाढी पहिरोको अवस्था बुझ्न उनी आज बिहान प्रस्थान गरेका थिए।
मन्त्री र पूर्वमन्त्रीहरूका साथ प्रधानमन्त्री देउवा बिहीबार बिहान ८ बजेतिर काठमाडौंबाट हेलिकोप्टरमार्फत सुदूरपश्चिम गएका हुन्।
टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेतात्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन्।
उनी सुदूरपश्चिमका बाढी प्रभावित ११ स्थानमा पुग्ने कार्यक्रम रहेको छ।
— PMO Nepal (@PM_nepal_) October 21, 2021बैतडीको सिगास गाउँपालिकाको ढुंगाडमा बाढि र पहिरोले पारेको क्षतिको अवस्थाका बारेमा जानकारी लिदै प्रधानमन्त्री शेरबहादुर देउवा । pic.twitter.com/PuqLPr14mF
Shares

प्रतिक्रिया