बलिउड अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘सूर्यवंशी’ दिपावलीको एक दिनपछि नोभेम्बर ५ मा रिलिज हुँदैछ।
यो फिल्म भारतमा करिब ३ हजार स्क्रिनमा रिलिज हुनेछ। निर्माताहरुले ‘सूर्यवंशी’लाई रेकर्ड संख्यामा पर्दामा रिलिज गर्नेछन्।
निर्माताहरू ‘सूर्यवंशी’ को रिलिजका लागि कम्तीमा २६ हजार देखि २८ हजार स्क्रिन रिजर्भ गर्ने योजनामा छन्।
रोहित शेट्टीद्वारा निर्देशित यो फिल्मलाई हालै सीबिएफसीद्वारा यू/ए प्रमाणपत्र दिइएको छ। फिल्म कुनै कटौती बिना सीबीएफसीद्वारा अनुमोदित छ।
फिल्म २ घण्टा २५ मिनेटको छ।
यस फिल्ममा अक्षय बाहेक कट्रिना कैफ पनि मुख्य भूमिकामा छन्। अजय देवगन र रणवीर सिंह फिल्ममा अतिथि भूमिकामा देखिनेछन्। यो फिल्मलाई करण जोहरले निर्माण गरेका हुन्।
60
Shares

प्रतिक्रिया